ऋतुराजको शतकसँगै लखनउलाई २११ रनको लक्ष्य
मंगलबार, ११ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। कप्तान ऋतुराज गायकवाडको शतकसँगै साविक विजेता चेन्नई सुपर किंग्सले २११ लखनउ सुपर जायन्ट्सलाई रनको लक्ष्य दिएको छ।
एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनायो।
चेन्नईका गायकवाडले अविजित रहँदै सर्वाधिक १०८ रन बनाए। ६० बल खेलेका उनले १२ चौका र ३ छक्का प्रहार गरे।
शिवम दुबे ६६, रविन्द्र जडेजा १७ र डेरिल मिचेल ११ रनमा आउट हुँदा महेन्द्रसिंह धोनी ४ रनमा अविजित रहे।
लखनउका म्याट हेनरी, मोहसिन खान र यश ठाकुरले १/१ विकेट लिए।









