राजस्थानलाई मुम्बईले दियो १८० रनको लक्ष्य
सोमबार, १० बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १८० रनको लक्ष्य दिएको छ।
सवाई मानसिंह स्टेडियम टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको हो।
मुम्बईका तिलक बर्माले सर्वाधिक ६५ रन बनाए। ४५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। नेहल बढेरा ४९, मोहम्मद नाबी २३, सूर्यकुमार यादव १० र कप्तान हार्दिक पाण्ड्या १० रनमा आउट भए।
मुम्बईका अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्। राजस्थानका सन्दीप शर्माले सर्वाधिक ५ विकेट लिए।
ट्रेन्ट बोल्टले २ विकेट लिँदा आवेश खान र युजवेन्द्र चहलले १/१ विकेट लिए।









