हेडको आक्रामक ब्याटिङमा दिल्लीलाई २६७ रनको लक्ष्य
शनिबार, ०८ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। ओपनर ट्राभिस हेडको आक्रामक ब्याटिङमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई २६७ रनको लक्ष्य दिएको छ।
अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको हो।
हैदरावादका ओपनर हेडले सर्वाधिक ८९ रनको इनिङ्स खेले। ३२ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे।
अभिषेक शर्मा ४६, नितिशकुमार रेड्डी ३७, हेनरिक क्लासेन १५ र अब्दुल समद १३ रनमा आउट हुँदा शाहबाज अहमद ५९ रनमा अविजित रहे।
दिल्लीका कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ५५ रन खर्चिए। यस्तै, मुकेश कुमार र अक्षर पटेलको नाममा १ विकेट रह्यो।









