यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल
शुक्रबार, ०७ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपालले एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि यूएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा यूएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।
नेपालले समूह बी मा शतप्रतिशत जित हासिल गर्दै विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो। उता, यूएई भने समूह ए को उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको हो।









