सुनिलको शतक, राजस्थानलाई २२४ रनको लक्ष्य
मंगलबार, ०४ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। सुनिल नारायणको शतकसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई २२४ रनको लक्ष्य दिएको छ।
इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनायो।
कोलकाताका ओपनर सुनिलले सर्वाधिक १०९ रन बनाए। ५६ बल खेलेका उनले १३ चौका र ६ छक्क प्रहार गरे।
अंकृष्ण रघुवंशी ३०, आन्द्रे रसेल १३, श्रेयस अय्यर ११ र फिल साल्ट १० रनमा आउट हुँदा रिंकु सिंह २० रनमा अविजित रहे।
राजस्थानका आवेश खान र कुलदीप यादवले २/२ विकेट लिए। ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलको नाममा १/१ विकेट रह्यो।









