नेपाल समूह विजेता
मंगलबार, ०४ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। साविक विजेता नेपाल एसीसी प्रिमियर कपमा समूह ‘ए’ को विजेता बनेको छ।
मंगलबार कतारले साउदी अरबलाई १५ रनले पराजित गरेसँगै नेपाल समूह विजेता बनेको हो। नेपाल एक खेलअगावै सेमिफाइनल पुगिसकेको छ। नेपालको ३ खेलबाट ३ जितसहित ६ अंक रहेको छ।
कतारले जित हासिल गरेसँगै समूह ‘ए’ को उपविजेता भने अझै टुंगो लाग्न सकेको छैन। यस समूहमा ४ खेल खेलिसकेको कतारको २ जितसहित ४ अंक रहेको छ।
१/१ खेल खेल्न बाँकी साउदी, मलेसिया र हङकङको समान २ अंक रहेको छ।









