बेंगलुरुलाई २८८ रनको लक्ष्य
सोमबार, ०३ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई २८८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २८७ रन बनाएको हो। हैदरावादका ट्राभिस हेडले सर्वाधिक १०२ रन बनाए। ४१ बल खेलेका उनले ९ चौका र ८ छक्क प्रहार गरे।
हेनरिक क्लासेन ६७ र अभिषेक शर्मा ३४ रनमा आउट भए। पहिलो विकेटका लागि अभिषेक र हेडले १०८ रनको साझेदारी गरेका थिए।
एडेन मार्कराम ३२ र अब्दुल समद ३७ रनमा अविजित रहे। बेंगलुरुका लकी फर्ग्युसनले सर्वाधिक २ विकेट लिए। रिस टोपलेको नाममा १ विकेट रह्यो।









