पौडी पोखरी सञ्चालनमा
आइतबार, ०२ बैशाख २०८१खेलपाटी संवाददाता
काठमाडौँ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी (आउटडोर) आइतबारदेखि सञ्चालनमा आएको छ।
पौडी पोखरी तीन सिफ्टमा सञ्चालन हुने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख मधुसूदन बस्नेतले जनाएका छन्। बिहान १०ः०० बजेदेखि १२ः०० बजेसम्म तथा अपराह्न १ः०० बजेदेखि ३ः०० बजेसम्म सर्वसाधारणका लागि पौडी पोखरी सञ्चालन गरिने छ।
अपराह्न ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म खेलाडीको प्रशिक्षण र सदस्यका लागि सञ्चालन हुनेछ। पौडी पोखरी सञ्चालन गर्नुअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबारै निरीक्षण गरेका थिए।










