अर्जुन कुमालको अर्धशतक
आइतबार, २५ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। अर्जुन कुमालले तीन एक दिवसीय शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा आयल्यान्ड उल्भ्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
ओपनिङमा उत्रिएका उनले ७५ बलमा अर्धशतक पूरा गरेका हुन्। त्यसअघि अर्जुनले अर्जुन साउदसँग पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए।









