गुजरातविरुद्धको रोहितको अर्धशतक
आइतबार, २५ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत गुजरातविरुद्धको फाइनल खेलमा अर्धशतक प्रहार गरेको छन्।
तेस्रो नम्बरमा आएका उनले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।









