उपाधि जित्न गुजरातसँग भिड्दै नेपाल
आइतबार, २५ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। भारत भ्रमणमा रहेको नेपाली टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार उपाधिका लागि गुजरात क्रिकेट एसोसिएसनसँग खेल्दै छ।
जारी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो।
नेपालले पहिलो खेलमा गुजरातनलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि नेपालले आफ्नो उत्कृष्ठ लयलाई समात्दै बरोडा क्रिकेट एसोसिएसनलाई २७ रनले पराजित गर्यो।
बुधबार सम्पन्न तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको थियो। तर, शुक्रबार सम्पन्न चौथो खेलमा भने प्रतियोगिताबाट बाहिरिएको बरोडासँग ३७ रनले नेपाल पराजित भयो।
नेपाल समूह चरणमा ३ जितसहित ६ अंक जोड्यो। गुजरातको भने ४ अंक रह्यो। गुजरातले दुवै खेलमा बरोडालाई ५७ रन र ५ विकेटले पराजित गरेको थियो।









