हैदराबादलाई १६६ रनको लक्ष्य
शुक्रबार, २३ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। साविक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादलाई १६६ रनको लक्ष्य दिएको छ।
राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनायो।
चेन्नईका शिवम दुबेले सर्वाधिक ४५ रन बनाए। २४ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे।
अजिंक्य रहाणेले ३५,कप्तान ऋतुराज गायकवाड २६, डेरिल मिचेल १३ र रचिन रविन्द्र १२ रनमा आउट हुँदा रविन्द्र जडेजा ३१ र महेन्द्रसिंह धोनी १ रनमा अविजित रहे।
हैदराबादका भुवनेश्वर कुमार, शाहबाज अहमद, थांगारासु नटराजन र जयदेव उनादकटले १/१ विकेट लिए।









