नेपाललाई बरोडाले दियो १५७ रनको लक्ष्य
शुक्रबार, २३ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। बरोडा क्रिकेट एसोसिएसनले एसएमएस फ्रेन्डसिप कपको समूह चरणअन्तर्गतको अन्तिम खेलमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।
गुजरातको वापीमा टस जितेर पहिला ब्याटिङ थालेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो।
बरोडाका आश्वत रावतले सर्वाधिक ३१ रन बनाए। २७ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे।
ध्रुव पटेल २९,अमित पासी २६, मोहित मोंगिया २२ र अभिमन्यूसिंह राजपूत ११ रनमा आउट हुँदा हेमन्त पुन्डे ६ रनमा अविजित रहे।
नेपालका करण केसी र गुल्शनकुमार झाले २/२ विकेट लिए। प्रतिश जीसी, ललितनारायण राजवंशी र आकाश चन्दको नाममा १/१ विकेट रह्यो।









