आयरल्यान्ड उल्भ्सले नेपाललाई दियो १७५ रनको लक्ष्य
शुक्रबार, २३ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। गेभिन होईको अर्धशतकमा आयरल्यान्ड उल्भ्सले तीन एक दिवसीय शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई १७५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो।
आयरल्यान्डका गेभिन होईले सर्वाधिक ५० रन बनाए। उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। उनले आठौँ विकेटका लागि लियाम म्याकार्थीसँग ५४ रनको साझेदारी गरे।
यस्तै, कप्तान नील रकले ३८ बलमा ३ चौकासहित ४४ रन बनाए।
लियाम म्यार्क्थी ३५र पिटर मुरले १७ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका रिजन ढकाल र शाहब आलमले ३/३ विकेट लिए।
श्याम ढकालले २ विकेट लिँदा कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो।









