आयरल्यान्डसँग भिड्दै नेपाल ‘ए’
बुधबार, २१ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। नेपाल ‘ए’ टोलीले तीन खेलको एक दिवसीय शृंखलाअन्तर्गत बुधबार पहिलो खेल आयरल्यान्ड उल्भ्ससँग खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजेबाट शुरू हुने छ। नेपाल ‘ए’ले यसअघि आयरल्यान्ड उल्भ्ससँग तीन खेलको टी–२० शृंखला खेलेको थियो।
पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। २२२ रनको लक्ष्य पछ्याएको नेपालले २०१ रन मात्रै बनाएको थियो।
दोस्रो खेलमा पनि नेपालले २२५ रनको विशाल लक्ष्य पाएको थियो। तर, नेपालले १८४ रन मात्रै बनाउन सक्यो। र, ४० रनले पराजित भयो।
सोमबार सम्पन्न तेस्रो खेलमा भने नेपाल पाहुना टोली आयरल्यान्डलाई ३ रनले पराजित गर्दै शृंखलामा क्लिन स्वीप हुन जोगिएको थियो।









