नेपाल १३२ मा अलआउट !

काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग टू अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल १ सय ३२ रनमा अलआउट भएको छ ।
कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनायो ।
जेहार्ड इरास्मसले घातक बलिङ गर्दै ५ विकेट लिएपछि नेपालको ब्याटिङ लाईन धरासायी बनेको हो । नेपालका लागि भिम सार्कीले बनाएको ४४ रन ब्यक्तिगत उच्च स्कोर रह्यो ।
ओपनर कुशल भुर्तेल डगआउट भएको खेलमा आसिफ शेख ४ रन बनाएर पोविलियन फर्किए । अनिल साह ८ रनमा आउट हुँदा कप्तान रोहित पौडेल एक रन बनाएर बोल्ड भए ।
सम्हालिएर ब्याटिङ गरेका भिम सार्की ४४ रनमा आउट भए । कुशल मल्ल १५, सोमपाल कामी २, गुलसन झा २१, पवन सरार्फ १२ र करन केसी १६ रनमा आउट भए ।
जेहार्ड इरास्मसले ५ विकेट लिएको खेलमा रुबेन ट्रम्पेलमेन र याक ब्रोसेलले समान २ तथा जान निकोलले एक विकेट हात पारे ।
डब्लूसीएल लिग टूको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको हो । नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्याण्ड्ससँग लिग टूका समान दुई दुई खेल खेल्नेछ ।









