डेब्यु खेलमा रिजनलाई विकेट
बिहिबार, २५ माघ २०८०खेलपाटी संवाददाता

रिजन ढकाललाई डेब्यु क्याप दिदै पूर्व कप्तान तथा क्यान सचिव पारस खड्का । फोटो : क्यान
काठमाडौं । रिजन ढकालले राष्ट्रिय क्रिकेट टिमबाट डेब्यु गरेको खेलमै विकेट लिन सफल भएका छन् ।
क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा बिहीबार डेब्यु गरेका रिजनले पहिलो खेलमै विकेट लिन सफल भएका हुन् ।
उनले क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनीतत धालीवाललाई आरिफ शेखको हातबाट क्याच आउट गराएका छन् ।
धालीवाल ६ रनमा आउट भएका छन् ।
नेपालले क्यानडाविरुद्धको सिरिजमा रिजन सहित सुर्य तामाङलाई डेब्युको अवसर दिएको हो ।
रिजनले पीएम कपमा बागमती प्रदेशबाट उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय टिममा स्थान बनाएका हुन् ।
# रिजनलाई विकेट









