कम्ब्याट गेम्समा विजयलाई स्वर्ण
सोमबार, ०६ कार्तिक २०८०खेलपाटी संवाददाता

काठमाडौं । विजय सिन्जालीले विश्व कम्ब्याट गेम्समा कीर्तिमानी स्वर्ण जितेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता उनले पुरुष छाङछ्वानमा ९ दशमलव ७२ अंक जोड्दै स्वर्ण जितेका हुन् ।
साउदी अरबियाको रियादमा विजयले हासिल गरेको ९ दशमलव ७२ अंक राष्ट्रिय कीर्तिमान भएको पनि जनाइएको छ ।
यसअघि उनले चीनको हाङझावमा सम्पन्न १९ औं एसियाली खेलकुदमा ९ दशमलव ७० अंकको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
-1768572164221.png&w=3840&q=75)