नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै
शुक्रबार, १५ असार २०८०खेलपाटी संवाददाता

Nepal u16 team
काठमाडौं । नेपाली राष्ट्रिय यू–१६ टोलीले आफ्नो समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
पहिलो खेलमा थाइल्यान्डलाई हराएको नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा हुनेछ ।
नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २२५ रनले हराएको थियो ।
यता यसअघि नै समेमिफाइनलमा पुगेको मलेसिया आजको खेलमा सहज जित निकाल्ने योजनामा छ ।
आज खेल जित्दै नेपाल समूह बिजेता बन्न चाहन्छ।
nepalu16











-1768572164221.png&w=3840&q=75)


-1768550031655.png&w=3840&q=75)