एसियन साम्बोमा नेपाललाई पाँच पदक
आइतबार, २९ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । भारतमा जारी एसियन साम्बो च्याम्पियनसिपमा नेपालले पाँच पदक जितेको छ ।
नयाँ दिल्लीमा जारी च्याम्पियनसिपमा नेपालले ३ रजत र २ कास्य जितेको हो । महिला ४४ केजीमा मिरा पौडेल, ५६ केजीमा सब्बारानी महर्जन र ६० केजीमा रचना लामाले नेपाललाई रजत दिलाएका छन् ।
यस्तै महिला ५२ केजीमा भगवती माझी र पुरुष ५२ केजीमा निरज भण्डारीले कास्य जितेका छन् ।
च्याम्पियनसिपमा नेपालबाट १६ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।










-1768572164221.png&w=3840&q=75)



-1768550031655.png&w=3840&q=75)