जिम्बावेविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
हरारे स्पोर्टस् क्लबमा घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
आज आईतबारबाट सुरु हुने विश्वकप छनोट खेलमा सहभागी १० टोलीका कप्तान मध्ये नेपालका कप्तान पौडेल सबैभन्दा कम उमेरका रहेका छन् ।
वेस्ट इन्डिज र अमेरिकाबीचको खेल जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा हुनेछ ।
घरेलु टोलीलाई हराउदै नेपाल प्रतियोगिताको सुखद सुरुआत गर्ने लक्ष्यमा रहेको छ । यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने अनुमान गर्न सकिन्छ ।
पहिलो दिन घरेलु टोली जिम्बावे र नेपाल भिड्दै छन् । खेल जिम्बावेमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।
आईतबारबाट जिम्बावेमा सुरु हुने आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल पहिलो पटक टेस्ट राष्ट्रसॅंग ओडिआई मान्यता प्राप्त खेलमा प्रतिस्पर्धा गर्ने भएको हो ।
२०१८ को विश्वकप छनोटको समयमा नेपालसँग ओडिआई मान्यता नरहेकाले उक्त खेल लिस्ट ए मान्यताको भएको थियो ।
घरेलु टोलीले दिएको ६ सय ६२ रनको लक्ष्य पछ्याएको पाहुना टोली १ सय १५ रनमा अलआउट भयो ।